०८ साउन २०८३, शुक्रबार

एनएमबि बैंक विद्यार्थीलाई वितरण गर्‍यो स्कुल ब्याग

बैशाख १२, २०७९
एनएमबि बैंक विद्यार्थीलाई वितरण गर्‍यो स्कुल ब्याग

एनएमबि बैंकले सर्लाहीमा विद्यार्थीहरूलाई स्कुल ब्याग, इन्भर्टर र ब्याट्री सहयोग गरेको छ ।

बैंकले सामाजिक दायित्व कार्यक्रम अन्तर्गत पुकु दिदी फाउण्डेशन र बाग्मती मावि सिसौटका विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो । विद्यालयका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा सामग्री वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

सहयोग वितरण कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्रको उपस्थिति थियो । त्यस्तै पुकु दिदी फाउण्डेशनका शोभा पौडेल लगायतको उपस्थिति थियो । बैंकका प्रदेश प्रमुख पोख्रेलले उक्त कार्यले विद्यार्थीलाई पठनपाठनमा सहज हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्