
बुटवल उपमहानगरपालिकामा एमाले र कांग्रेसलाई मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयले समय तोकेको छ ।
कांग्रेसलाई बिहान ११ बजे बोलाइएको छ भने एमालेलाई दिउँसो २ बजे बोलाइएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मनोनयन दर्ताका लागि निर्वाचन आयोगले दुई दिन समय तोकेको छ । आइतवार साना दल र स्वतन्त्र उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका थिए ।
आज ठूला दलले मनोनयन दर्ता गराउँदैछन् ।