
नेपाली कांग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कोइरालाले मेयरको टिकट पाएको कांग्रेस मोरङका एक नेताले लोकान्तरलाई दिए ।
नागेश कांग्रेस नेता डा. शेखर कोइराला निकट हुन् ।
गत निर्वाचनमा विराटनगर कांग्रेसले जितेको थियो । मेयरका लागि सांसद डिला संग्रौलागायतले आकांक्षा राखेका थिए ।
अन्तिममा कोइरालाले टिकट पाएका छन् ।
गठबन्धनबाट विराटनगरको उपमेयर भने जसपाले पाएको छ । नेकपा एमालेले विराटनगरको मेयरमा सागर थापालाई उम्मेदवार बनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आज मनोनयन हुँदैछ ।