
नेपाली कांग्रेसबाट जनकपुरधाम उपमहानगरमा उपमेयरको टिकट नपाएपछि रुना झा नेकपा एमाले प्रवेश गरेकी छन् ।
उनलाई एमाले केन्द्रीय सदस्य जुली महतोले पार्टी प्रवेश गराएकी हुन् ।
नेपाली कांग्रेसको उपमहानगर समितिले उनलाई उपमेयर पदका लागि सिफारिस गरेको थियो । तर, कांग्रेसले किशोरी साहलाई उपमेयरको टिकट दिएपछि उनले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेकी हुन् ।
एमालेले झालाई उपमेयरको टिकट दिने भएपछि उनले फेसबुकमार्फत् राजीनामा दिँदै एमाले प्रवेश गरेकी हुन् । उनी कांग्रेसको प्रदेश समिति सदस्य पनि थिइन् ।