२९ असार २०८३, सोमबार

ललितपुरको मेयरमा १० जना र उपमेयरमा ७ जनाको उम्मेदवारी

बैशाख १२, २०७९
ललितपुरको मेयरमा १० जना र उपमेयरमा ७ जनाको उम्मेदवारी

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकाको मेयर पदमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपमेयर पदमा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

मेयर पदमा राष्ट्रिय जनमुक्ति पार्टीबाट समीकपुर महर्जन, आमुल परिवर्तन मसिहा पार्टीबाट सपना महर्जन, स्वतन्त्रतर्फबाट सरिना लाखे श्रेष्ठ, राप्रपाबाट अष्टबहादुर महर्जन, विवेकशील साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ, नेकपा मालेबाट मोहनराज शाक्य, नेमकिपाबाट अशोक महर्जन, मंगोल नेशनल अर्गानाइजेसनबाट राम महर्जन र नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै उपमेयर पदका लागि राप्रपाबाट स्वर्णिमा शाक्य, स्वतन्त्र तर्फ रत्न व्यञ्जनकार, नेमकिपाबाट ममिता श्रेष्ठ, स्वतन्त्रबाट सुविन कुमार शाक्य, खेम प्रसाद श्रेष्ठ, एमालेबाट मञ्जली शाक्य र स्वतन्त्रबाट राजन खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्वाचन आयोगले आइतवार र सोमवारका लागि उम्मेदवारी मनोनयनको कार्यतालिका सार्वजनिक गरेको थियो । 

सोही कार्यतालिकाअनुसार आइतवार र सोमवार देशभर उम्मेदवारी मनोनयन भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्