२१ जेठ २०८३, बिहीबार

बाँडफाँड भयो सिवाईसी लघुवित्तको आईपीओ, कसरी हेर्ने ?

बैशाख १५, २०७९
बाँडफाँड भयो सिवाईसी लघुवित्तको आईपीओ, कसरी हेर्ने ?

सिवाईसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाकाे आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ ।

लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदनहरूलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।

त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ। 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् 

salt training

कमेन्ट गर्नुहोस्