२१ जेठ २०८३, बिहीबार

बागी उम्मेदवारी फिर्ता लिन पार्टीपंक्तिलाई देउवाको अपिल

बैशाख १५, २०७९
बागी उम्मेदवारी फिर्ता लिन पार्टीपंक्तिलाई  देउवाको अपिल

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारीविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिनका लागि सभापति देउवाले अपिल गरेका हुन् । 

बिहीवार एक वक्तव्य जारी गर्दै सभापति देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रको आधारभूत मूल्यमान्यताको संरक्षण गर्न कांग्रेससहित ५ दलले गठबन्धन गरेको उल्लेख गरेका छन् । 

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ उनले भनेका छन्,‘तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी’  भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्