०७ साउन २०८३, बिहीबार

दहचोकमा नबिल बैंकको शाखा विस्तार

बैशाख १५, २०७९
दहचोकमा नबिल बैंकको शाखा विस्तार

पछिल्लो समय तीब्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ ।

यससँगै बैंकको शाखा १४८ तथा एटीएम सेवा १८७ पुगेको छ । विक्रम संवत् २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पुर्‍याउने लक्ष्य राखेको छ ।

चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रूपमा बिहीवार आयोजित कार्यक्रममा शाखा शुभारम्भ गरेका छन् ।

समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  शाक्यले स्थानीय समुदायका घरदैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए । 

उनले भने, ‘विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ  । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैंक बनाउने अभियानमा लागेका छौं ।’

कमेन्ट गर्नुहोस्