३० जेठ २०८३, शनिबार

द्वेषपूर्ण अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण

बैशाख १६, २०७९
द्वेषपूर्ण अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण

निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताबाट  आएको  द्वेषपूर्ण  अभिव्यक्तिलाई  गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले  त्यस्तो  अभिव्यक्तिलाई  गम्भीर  रूपमा लिएर विश्लेषण गरिरहेको जनाएको छ । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूबाट एक  अर्काप्रति  लाञ्छना  लगाउने  र  चरित्रहत्या  गर्ने किसिमले नै द्वेषपूर्ण टिप्पणी आएको विषयमा आयोगले यस्तो धारणा राखेको हो ।

आयुक्त रामप्रसाद भण्डारीले पछिल्ला दिनमा राजनीतिक दलका शीर्ष नेताबाट एक अर्कालाई लक्षित गरी चरित्र हत्या गर्ने किसिमले नै अभिव्यक्ति आएको सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए ।

निर्वाचन आयोगले विभिन्न माध्यमबाट आउने त्यस्ता अभिव्यक्तिलाई प्रमाणका रूपमा सङ्कलन गरिरहेको छ । आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक हुन् ।

आयोगले सामाजिक सञ्जालमा आउने द्वेषपूर्ण  अभिव्यक्ति  वा  आचारसंहिता  आकर्षित  हुने  उल्लङ्घनका  घटनाको  अभिलेख  राख्न  र सिफारिस गर्न कार्यदल गठन गरेको छ ।

उक्त कार्यदलको सिफारिस र आयोगमा परेको उजुरीका आधारमा समितिले कारबाही प्रक्रिया अगाडि बढाउने कार्यविधि छ । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्