×

X
Nic Asia
Dabur
Khukuri

हेटौंडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

हेटौंडा | बैशाख १६, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर।
Premier Steels
TVS INSIDE

बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । 

LAxmi BAnk
nabil BANK inside

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर उक्त परिमाणको कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शंका लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौं पठाइएको र सात दिनपछि बिहीवार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । 

उनका अनुसार आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय हेटौँडामा बिहीबार बैठक गरी बर्डफ्लू प्रमाणित भएको फार्मका कुखुरा नष्ट गर्न टोली पठाइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । 


Advertisment
Saurya island

पशुपक्षी तथा मत्स्य निर्देशनालय हेटौंडाका निर्देशक गोपालप्रसाद शाहले बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार बर्डफ्लू भएको स्थानमा नियन्त्रण तथा नियमन गरिने र कानूनी प्रवधानअनुसार किसानलाई राहत उपलब्ध गराउने बताए । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

प्याज आयातमा सरकारले बर्सेनि करीब ५ अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको छ । नेपालमा भारत, चीन, बंगलादेश लगायतका मुलुकबाट प्याज आयात हुने गर्दछ । तीमध्ये सबैभन्दा बढी प्याज नेपालले भारतबाट आयात गर्दछ । भारतबा...

मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।  संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहा...

मंसिर २१, २०७९

सुर्खेतका १९ वर्षे दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पांग्रे गाडी बनाएका छन् । बीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले पाँच महिना लगाएर सो गाडी बना...

मंसिर २१, २०७९

काठमाडौं उपत्यमा वाटर एटीएमको प्रयोग बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन...

मंसिर २१, २०७९

सुर्खेतका अमरबहादुर आले मगरले श्रीतीको विभत्स हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका –३ तोक्माका आले मगरले खुकुरी प्रहार गरी मंगलबार श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरेर श्रीमतीको टाउको प्...

मंसिर २१, २०७९

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ ।...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x