२८ जेठ २०८३, बिहीबार

७० किलो गाँजासहित १ जना पक्राउ

बैशाख १६, २०७९
७० किलो गाँजासहित १ जना पक्राउ
प्रतिकात्मक तस्वीर

गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका–३ का २६ वर्षीय सुजन भनिने बुद्धिलाल प्रजा छन् ।

उनको साथबाट ७० किलो गाँजा बरामद गरिएको छ ।  

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उनलाई शुक्रवार बिहान २ बजे राप्ती नगरपालिका–१ परेवाकोटबाट पक्राउ गरिएको हो ।

गाँजासहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान शुरू गरिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्