
एआईजी विश्वराज पोखरेलको रिट निवेदन सोमवार सर्वोच्च अदालतमा दर्ता भएको छ ।
पोखरेलले वरीयता मिचेर जुनियरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका हुन् ।
अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार वैशाख २० गते बुधवारका लागि पेशी तोकिएको छ ।
१६ महिना जुनियरलाई आईजीपी नियुक्त गरिएको भन्दै पोखरेल रिट निवेदन लिएर सोमवार सर्वोच्च पुगेका थिए ।
आइतवारको मन्त्रिपरिषद्को बैठकले आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । सिंहले कार्यभार पनि सम्हालिसकेका छन् ।