२६ असार २०८३, शुक्रबार

राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान– मुख्यमन्त्री पोखरेल

बैशाख २०, २०७९
राष्ट्रिय एकतामा धार्मिक एवं सांस्कृतिक चाडपर्वको योगदान– मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

मुस्लिम समुदायको पर्व इद (इदुल फित्र)का उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा दिने कामना गरेका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्मनिरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा उल्लेख छ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी मान्यजनबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्दछन् । एक महिना (रमजान)भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको अर्काे विशिष्टता हो ।

salt training

कमेन्ट गर्नुहोस्