०४ साउन २०८३, सोमबार

वामदेवले लेखे नेकपा एसको चुनावी गीत- जनता जगाउने कलममा छाप लगाउने

बैशाख २०, २०७९
वामदेवले लेखे नेकपा एसको चुनावी गीत- जनता जगाउने कलममा छाप लगाउने

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एस)का लागि चुनावी गीत लेखेका छन् । 

नेकपा (एस)को चुनाव चिह्न कलममा भोट हाल्न अपिल गरिएको गीतको शब्द गौतमले लेखेका हुन् । 

जुन गीत युट्युबमार्फत आज सार्वजनिक गरिएको छ । 

मुस्लिम इतेहात संगठन नेपालको प्रस्तुति रहेको गीतको बोल ‘जनता जगाउने कलममा छाप लगाउने’ रहेको छ । 

यसमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर छ । संगीत कृष्ण केसीको रहेको छ । 

कतै नखुलेका वामदेवले यो चुनावी गीत लेख्नुलाई उनी नेकपा (एस)तिर ढल्किएको हो कि भन्ने अनुमान लगाउन थालिएको छ । 

कमेन्ट गर्नुहोस्