२८ जेठ २०८३, बिहीबार

गुजरातमाथी पञ्जावको जीत

बैशाख २१, २०७९
गुजरातमाथी पञ्जावको जीत

 इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ।

मुम्बईमा मंगलवार राति गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले हराएको हो ।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।

जीतसँगै पन्जाबले १० खेलमा १० अंक जोडेको छ ।

पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।

गुजरातको यो दोस्रो हार हो ।

गुजरात १० खेलमा ८ जीतसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्