२२ असार २०८३, सोमबार

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

बैशाख २५, २०७९
भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । 

षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार  अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्