२२ असार २०८३, सोमबार

कांग्रेसप्रति किन आक्रामक भन्ने प्रश्नको जवाफमा ओलीले दिए महाभारतको यो उदाहरण

बैशाख २५, २०७९
कांग्रेसप्रति किन आक्रामक भन्ने प्रश्नको जवाफमा ओलीले दिए महाभारतको यो उदाहरण

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदातासँग अपिल गर्न आइतवार नेकपा एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । मतदातालाई गरिएको अपिलमा एमालेले नेपाली कांग्रेसको धेरै आलोचना गरेको छ । 

कांग्रेसप्रति किन यति धेरै आक्रामक भनेर पत्रकारले एमाले अध्यक्ष केपी ओलीलाई प्रश्न सोधे । जवाफ दिने क्रममा ओलीले महाभारतको प्रसंग कोट्याए । ‘महाभारतको युद्धमा कौरव पक्षमा को–को सेना थिए, त्यसको हिसाबकिताब र उनीहरूको दुर्गुणको बारेमा महाभारतमा खासै चर्चा हुँदैन । कौरवको बारेमा चर्चा हुन्छ, दुर्योधनको बारेमा चर्चा हुन्छ । यहाँ पनि त्यस्तै भएको होला,’ ओलीले भने । 

२०४६ सालको परिवर्तनपछिका ३२ वर्षमा २० वर्ष सरकारको नेतृत्व र संयुक्त सरकारमा सामेल हुनेसमेत गरेर २७ वर्ष कांग्रेस सत्तामा बसे पनि केही काम नगरेको आरोप ओलीले लगाए । 

राणा, राजा र कांग्रेसको सरकारले कहिल्यै देशमा विकास नगरेको ओलीले आरोप लगाए । ‘विगतमा राजासँग घाँटी जोडिएको भन्ने कांग्रेसले अहिले दक्षिणपन्थी अवसरवादीसँग घाँटी जोडेर सरकार चलाएको छ,’ ओलीले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्