०६ साउन २०८३, बुधबार

कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको निधन

बैशाख २६, २०७९
कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको निधन
फाइल तस्वीर।

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ ।

आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजंघा हिमाल आरोहणका लागि पायोनिर एड्भान्चर प्रालिबाट गएका थिए । 

शवको उद्धारका लागि टोली परिचालन गरिएको पायोनिर एड्भान्चर प्रालिका कार्यकारी निर्देशक निभेश कार्कीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्