१६ असार २०८३, मंगलबार

विदेशी नम्बरका गाडीलाई रोक

बैशाख २७, २०७९
विदेशी नम्बरका  गाडीलाई रोक

 स्थानीय  तह  निर्वाचनका  दिन  विदेशी  नम्बर प्लेटका  सवारीसाधन  प्रयोग  गर्न  पाइने    छैन  ।

निर्वाचन आयोगको    सवारी  आवागमन  व्यवस्थापनसम्बन्धी मापदण्डले     विदेशी   नम्बर     प्लेटको     गाडीलाई रोक  लगाएको    छ  ।  

मतदानको    दिन  पासबिनाका सवारीसाधन  सञ्चालन  गर्न  पाइने    छैन  ।    

उम्मेदवार      वा    उम्मेदवारको      निर्वाचन प्रतिनिधिले      मतदानको      दिन    सवारीसाधन चलाउनका  लागि  मुख्य  निर्वाचन  अधिकृत  वा  निर्वाचन  अधिकृतसमक्ष  निवेदन  दिनुपर्ने    आयोगले   जनाएको   छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल ले    काठमाडौँका  प्रमुख  जिल्ला  अधिकारीबाट जारी  गरिने    अनुमतिपत्रका  लागि  आयोगमै  रहेको   एकीकृत  सवारीसाधन  आवागमन  डेस्कमा  पत्र  पेस गरेर    सवारी  पास  लिन  सकिने    जानकारी  दिए    । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्