
स्थानीय तह निर्वाचनका दिन विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पाइने छैन ।
निर्वाचन आयोगको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्डले विदेशी नम्बर प्लेटको गाडीलाई रोक लगाएको छ ।
मतदानको दिन पासबिनाका सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउनका लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल ले काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने अनुमतिपत्रका लागि आयोगमै रहेको एकीकृत सवारीसाधन आवागमन डेस्कमा पत्र पेस गरेर सवारी पास लिन सकिने जानकारी दिए । गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।