साउन ३१, २०७९
बुटवलको एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेका हुन् । ...
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ ।
निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ ।
मौनअवधि शुरू हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ । आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ ।
यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । साथै यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा १८ सहसचिवको नेतृत्वमा टोली खटिएको उनले बताए ।
यसबाहेक निगरानीका लागि जिल्लामा मुख्य अधिकृतको नेतृत्वमा संयन्त्र र पालिकामा निर्वाचन अधिकृतको नेतृत्वमा संयन्त्र छ । मौन अवधि उल्लङ्घन गर्नेलाई आयोगले रु एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको सजायको निर्णय गर्न सक्ने अधिकार रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
बुटवलको एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङ घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेका हुन् । ...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू झापाबाटै उम्मेदवारी उठ्ने बताएका छन् । बुधवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै महामन्त्री शर्माले 'प्रेम उता, घरजम...
रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । उपचारमा संलग्न चिकित्सकको लापरवाहीले गर्दा बिरामीको मृत्यु भएको आरोप लगाउँदै बिरामीका आफन्तले अस्पतालमा न...
निर्माण व्यवसायी शारदा अधिकारीले विभिन्न सडक आयोजनाको ठेक्का लिएर समयमा काम पुरा नगरेको भन्दै आलोचित हुँदै आएका छन् । त्यसमाथि अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाटै संरक्षण हुने गरेको आरोप लाग्ने गरेको...
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व बढाउन महिला नेत्रीहरूले कसरत गरिरहेका छन् । अघिल्लोपटकको निर्वाचनमा ६ जना महिला प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा आएका थिए । प्रत्य...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्य मुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– आगामी संघीय निर्वाचनमा नेकपा माओवादी केन्...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...