२९ असार २०८३, सोमबार

कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार रहेकी कुर्मीको मृत्यु

बैशाख २७, २०७९
कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार रहेकी कुर्मीको मृत्यु

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको सोमवार राति मृत्यु भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

उनको हृदयघातका कारण निधन भएको बताइएको छ । 

महाराजगञ्जका निर्वाचन अधिकृत कुवेर पाण्डेले उम्मेदवारको मृत्युबारे आफूहरुलाई बिहान लिखित जानकारी आएको बताए ।

उनले कुर्मीको निधनको जानकारी आफूहरूले निर्वाचन आयोगमा गराइसकेको भन्दै आयोगको निर्देशन आफूहरूले कुरेर बसेको बताए । 

कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् । यसभन्दा अगाडी कपिलवस्तुमा बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्