×

NMB BANK
NIC ASIA

चुनाव प्रचारमा आफ्ना योजना कम, अरुको विरोध बढी !

बैशाख २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको उर्लाबारी नगरपालिकाको मेयरका लागि पुराना र नयाँ अनुहार चुनावी मैदानमा होमिएका छन् ।

Muktinath Bank

नेपाली कांग्रेसबाट निवर्तमान मेयर खड्गबहादुर फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल मेयरका उम्मेदवार छन् भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भएको छ । मेयर पदमा मुख्य २ दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत निर्वाचनमा ३५ हजार २८८ मत खस्दा कांग्रेसका फागोले ११ हजार ६३२ मत ल्याएर निर्वाचित भएका थिए । त्यसबेला एमालेका भूपालसिंह राईले ८ हजार ५४२ र माओवादी केन्द्रका राजेन्द्रप्रसाद पौडेलले १ हजार ९७९ मत पाएका थिए । उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी भण्डारीले झिनो मतान्तरले विजयी भएकी थिइन् । उपप्रमुखमा भण्डारीले ९ हजार ५३९ मत ल्याएकी थिइन् । कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार सीता कार्कीले ९ हजार २८० मत पाएकी थिइन् । भण्डारी र कार्कीको मतान्तर २५९ मात्रै थियो ।


Advertisment
Nabil box
Kumari

गत चुनावमा एमालेले १, ४, ८ र ९ नम्बर वडा जितेको थियो भने कांग्रेसले २, ३, ५, ६, ७  र  ९ नम्बर गरी ५ वडा जितेको थियो । माओवादीले कुनै पनि वडा जित्न सकेको थिएन ।

Vianet communication
Laxmi Bank

२०७४ सालभन्दा यसपालि ८ हजार ९२४ नयाँ मतदाता थपिएका छन् । पहिले ३५ हजार २८८ मतदाता थिए भने अहिले ४४ हजार २७२ मतदाता पुगेका छन् । थपिएका मतदाताले पहिलोपटक स्थानीय चुनावमा मतदान गर्दैछन् । मुख्य दलका उम्मेदवार आफ्नो भिजनभन्दा पनि एकअर्काको विरोध गरेर जनताको घरदैलोमा गइरहेका छन् ।

कृषियोग्य जमिनमा बालुवा हाल्नेलाई जनताले भोट दिँदैनन् : फागो

नेपाली कांग्रेस १ नम्बर प्रदेश सहमहामन्त्री समेत रहेका फागो आफूले ५ वर्षे कार्यकालमा गरेको विकास र जनपक्षीय कामका आधारमा मत आउने दाबी गर्छन् । उर्लाबारीमा ५ वर्षमा जनताले अनुभूति हुने गरी गरेको काम नै आफू जित्ने सबैभन्दा ठूलो आधार भएको फागो बताउँछन् ।

कार्यपालिकामा एमालेले जितेका प्रतिनिधिको बहुमत भएकाले आफूलाई काम गर्न नदिइएको उनी गुनासो गर्छन् । आफैं निर्णय गर्ने र पछि आफैं अदालतमा गएर मुद्धा हाल्ने काम जनप्रतिनिधिबाट भएकाले झण्डै २८ महिना अदालत जानमै बितेको उनी बताउँछन् । 

अधुरा काम पूरा गर्न मेयरमा दोहोरिन चाहेको फागोले बताए । पढ्दै कमाउँदै कार्यक्रम लगायतका धेरै कार्यक्रमलाई उनले घोषणा पत्रमा उल्लेख गरेका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ऋण दिने, पढिसकेपछि काम गरेर ऋण तिर्ने, उर्लाबारीमा आकाशे पुल निर्माण गर्ने जस्ता काम उनले अगाडि बढाएका छन् । स्वास्थ्य बीमा, रोजगारी, कृषि, पर्यटनलाई समेत फागोले घोषणा पत्रमा उल्लेख गरेका छन् । 

फागोले एमालेका मेयरका उम्मेदवार खरेललाई जग्गा दलालको संज्ञा दिएका छन् ।

'५ वर्ष नगरपालिका ‘सिस्टम’भन्दा बाहिर गयो'

एमालेले मेयरमा उम्मेदवार बनाएका खरेल नरम स्वभावका मानिन्छन् । यसैपटक चुनाव जित्नेमा उनी ढुक्क छन् । प्रतिस्पर्धी समेत रहेका कांग्रेसका उम्मेदवार फागोले ५ वर्षे कार्यकालमा काम गर्न नसकेकै कारण आफू चुनाव जित्नेमा ढुक्क रहेको उनको दाबी छ ।

सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको पनि मत तानेर चुनाव जित्ने दाउमा खरेल छन् । कांग्रेस भित्रको असन्तुष्ट समूहको भोट ल्याएर चुनाव जित्ने दाउमा रहेका खरेल समाजवादीका नेताहरूलाई समेत फकाउन थालेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर चुनावी मैदानमा होमिएका खरेलले जग्गा कारोबारी भए पनि सरकारको नीतिभन्दा बाह्य गएर काम नगरेको बताए । फागोसँग आफ्नो प्रतिस्पर्धा नै नहुने खरेलले बताए । निर्वाचित भएपछि आफूले प्लटिङ नगर्ने समेत उनले बताए ।  
५ वर्षसम्म फागोले रवाफ देखाएर नगरपालिकलाई ‘सिस्टम’ बाहिर लगेकाले सिस्टममा ल्याउनका लागि पनि चुनाव जित्न आवश्यक रहेको उनले बताए । 

मेयरमा ७ र उपमेयरमा ८ जनाको उम्मेदवारी 

गठबन्धनबाट एकीकृत समाजवादीका मेयरका उम्मेदवार मानबहादुर श्रेष्ठ र माओवादीका उपप्रमुखका उम्मेदवार टीकाकुमारी भट्टराई (शिला) चुनावी मैदानमा उत्रिएका छन् । उर्लाबारी नगरपालिकाको प्रमुखमा एक स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा ८ जनाले उम्मेदवारी दिएका निर्वाचन अधिकृत ओमकारप्रसाद न्यौपानेले जानकारी दिए । 

उपप्रमुखमा १ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । ४७ पदका लागि हुन लागेको निर्वाचनमा २४४ जनाले उम्मेदवारी दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x