२२ असार २०८३, सोमबार

रुसको दाबी– युक्रेनले नियन्त्रणमा लिन सकेन स्नेक आइल्यान्ड, उल्टो बेहोर्‍यो क्षति

बैशाख २७, २०७९
रुसको दाबी– युक्रेनले नियन्त्रणमा लिन सकेन स्नेक आइल्यान्ड, उल्टो बेहोर्‍यो क्षति

युक्रेनी सेनाले कृष्ण सागरमा रहेको स्नेक आइल्यान्डलाई हवाई तथा समुद्र मार्गबाट नियन्त्रणमा लिन कोशिश गरेको भए पनि त्यसमा विफल भएको रुसले दाबी गरेको छ । 

त्यसक्रममा उसले उल्लेख्य रूपमा हताहती बेहोर्नुपरेको रुसको रक्षा मन्त्रालयले सोमवार जानकारी दिएको छ । अमेरिका र बेलायतका सल्लाहकारहरूले यस कारवाहीको योजना बनाएको पनि उसले बताए । 

‘विगत दुई दिनमा युक्रेन सरकारले आकाश र समुद्रको बाटो भएर स्नेक आइल्यान्डमा अवतरण गर्नका लागि प्रयास गरेको थियो । कृष्ण सागरको उत्तरपश्चिमी भागलाई नियन्त्रणमा लिन उक्त टापु महत्त्वपूर्ण छ,’ रुसी सेनाका प्रवक्ता मेजर जनरल इगोर कोनाशेनकोभले बताए । 

शनिवार युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यस आक्रमणको आदेश आफैं दिएको कोनाशेनकोभले बताए । अमेरिका र बेलायतका सल्लाहकारहरूको सुझावबमोजिम किएभमा शीर्ष सैन्य अधिकारीहरूले टापुलाई नियन्त्रणमा लिन खोजेको उनको भनाइ छ । 

उक्त टापुमा रहेका रुसी सुरक्षा बलहरूले युक्रेनी आक्रमणलाई रोकेको र शत्रुलाई ठूलो क्षति गराएको कोनाशेनकोभको दाबी छ । त्यसक्रममा युक्रेनका चारवटा लडाकू विमान नष्ट भएको र चारवटा हेलिकप्टर समेत ध्वस्त भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्