१० साउन २०८३, आइतबार

योग्य उम्मेदवार छान्न गण्डकीमा मुख्यमन्त्री पोखरेलको अपिल

बैशाख २७, २०७९
योग्य उम्मेदवार छान्न गण्डकीमा मुख्यमन्त्री पोखरेलको अपिल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनोटका लागि मतदान गर्न प्रदेशवासीमा अपिल गरेका छन् । 

स्थानीय तह निर्वाचनका सन्दर्भमा मंगलवार आह्वान पत्र जारी गर्दै उनले भनेका छन्, ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’ 

यस्तै उनले धेरैभन्दा धेरै प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे । साथै  कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउन पनि उनले अनुरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्