
नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले वैशाख ३० गते मतदानमा सहभागी हुन नयाँ मतदातालाई अपिल गरेका छन् ।
मंगलवार मध्यरातिदेखि मौन अवधि शुरू हुनुअघि भिडियो सन्देश जारी गर्दै महामन्त्रीद्वयले रुख चिह्नमा हाल्ने प्रत्येक मतको सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कांग्रेसले संविधानलाई बलियो बनाउन चाहेको र समाज बदल्न चाहेको भिडियो सन्देशमा उल्लेख छ ।
भिडियो सन्देशमा भनिएको छ, ‘रुख चिह्नमा हाल्ने प्रत्येक मतको सदुपयोग गर्नेछौं, पश्चाताप हुन दिने छैनौं ।’
हेर्नुहोस् भिडियो सन्देश –
मत दिनु अघि मनलाई सोधौं !
मौन अवधी प्रारम्भ हुनु अघि first time voter लाई हाम्रो अपील ! pic.twitter.com/G2G6FMhJot— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 10, 2022