०२ असार २०८३, मंगलबार

मतदान गर्न युवा पुस्ता उत्साहित

बैशाख २९, २०७९
मतदान गर्न युवा पुस्ता उत्साहित

शुक्रवार देशैभरि एकै दिन स्थानीय तहको निर्वाचनका लागि मतदान हुँदै छ ।

७ सय ५३ स्थानीय तहका लागि भइरहेको निर्वाचनमा विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा रहेका छन् ।

यसअघि कहिल्यै मतदानमा सहभागी नभएका युवापुस्ता मतदान गर्न उत्साहित भएका छन् । पहिलोपटक मतदानमा सहभागी हुन लागेका उनीहरू मतदान केन्द्रमा पुगेर मतदान कसरी गर्ने भन्नेबारे जानकारी लिएका छन् ।

निर्वाचन आयोगले मतदान स्थलका साथै निर्वाचन केन्द्रहरूबाटै मतदाता परिचयपत्र वितरण एवं मतदाता शिक्षा दिइरहेको छ । बुधवार र बिहीवार आयोगले यस्तो सेवाको व्यवस्था गरेसँगै मतदान केन्द्रहरूमा बुझ्न युवापुस्ताको सहभागिता बढी रहेको देखिन्छ । 

नयाँ परिचयपत्रको निवेदन दिएकालाई मतदाता परिचयपत्र वितरणसँग मतदान केन्द्रहरूमा खटेका कर्मचारीले सही तरिकाले मतदान कसरी गर्ने भन्ने बारेमा समेत जानकारी दिएका छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्