२९ असार २०८३, सोमबार

डोटीमा बस दुर्घटना

बैशाख २९, २०७९
डोटीमा बस दुर्घटना

डोटीको पूर्वीचौकि गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ ।

बस दुर्घटनामा परी करिब २० देखि २५ जनासम्म घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

अत्तरियाबाट बाजुरा गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ख३१०८ नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटना भएको हो । 

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइतेको उद्धारको काम भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्