२९ जेठ २०८३, शुक्रबार

काठमाडौं महानगर प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

बैशाख २९, २०७९
काठमाडौं महानगर प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले विभिन्न ठाउँबाट मतदान गर्दैछन् । 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले वडा नम्बर १६ र एमालेका केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् । 

सिंहले युवक माविबाट मतदान गर्नेछिन् भने स्थापितले पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्नेछन् । 

विवेकशील साझाकी समीक्षा बास्कोटाले वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्ने बताइएको छ । 

शुक्रवार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ । 

त्यसै गरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनीता डंगोलले वडा २१ बाट मतदान गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्