०२ साउन २०८३, शनिबार

चुनावमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

बैशाख २९, २०७९
चुनावमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

कैलालीको ईलाका प्रहरी कार्यालय सुगरखालमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरिएको छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रूपमा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदानस्थलमा कमाण्डरको रूपमा खटिएको अवस्थामा नेपाल प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पुर्‍याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी/दायित्व पूरा नगरी प्रहरी नियमावली २०७१ विपरीत आचरण व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकाले प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ४ बमोजिम निजउपर थप जाँचबुझ एवं छानबिन गर्न सोही नियमको उपनियम (५) बमोजिम वैशाख २९ गतेको प्रहरी उपरीक्षकको निर्णय अनुसार ३ महिनाको लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्