३२ असार २०८३, बिहीबार

महोत्तरीको बलवामा हवाई फायर

बैशाख ३०, २०७९
महोत्तरीको बलवामा हवाई फायर
सांकेतिक तस्वीर

महोत्तरीको बलवा नगरपालिकामा प्रहरीले हवाई फायर गरेको छ ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार बलवा नगरपालिकाको वडा नम्बर ५ स्थित मनशिखा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा हवाई फायर गरिएको हो ।

मतदान स्थलमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको हो ।

स्थिति साम्य भएपछि मतदान अहिले फेरि सुचारु भइसकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्