२१ जेठ २०८३, बिहीबार
स्थानीय चुनाव

मध्याह्न १२ बजेसम्ममा ३५ प्रतिशत मतदान, ७ जिल्लाका केही केन्द्रमा अवरुद्ध

बैशाख ३०, २०७९
मध्याह्न १२ बजेसम्ममा ३५ प्रतिशत मतदान, ७ जिल्लाका केही केन्द्रमा अवरुद्ध

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मध्याह्न १२ बजेसम्ममा ३५ प्रतिशत मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ५ घण्टामा देशभरिमा ३५ प्रतिशत मत खसेको छ ।

दोलखा, रामेछाप, सर्लाही, सप्तरी, हुम्ला, पर्वत र बाजुरासहित ७ जिल्लाका केही मतदान स्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएपनि सुचारु गर्ने प्रयास भइरहेको उनले बताए ।

आज देशभर ७५३ स्थानीय तहमा १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्