
माओवादीको आधार इलाका मानिने रोल्पा जिल्लाको एक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुन ५८४ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमाले रोशन ओलीले ४६४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका वीरबहादुर खत्रीले ३३० मत प्राप्त गरेका छन् । माओवादीको उद्गम थलो मानिने रोल्पा माओवादी नेता वर्षमान पुनको निर्वाचन क्षेत्र तथा माओवादी नेता कृष्णबहादुर महराको गृहजिल्ला हो । उपमेयरमा पनि कांग्रेसकी अमृताकुमारी केसी ६११ मत ल्याउँदा एमालेकी निर्मलाकुमारी ओलीले ४७० मत पाएकी छन् ।