२२ असार २०८३, सोमबार
स्थानीय चुनाव

काठमाडौंको १८ सय मत गणनाः बालेनले बढाए अग्रता, कसको कति ?

बैशाख ३१, २०७९
काठमाडौंको १८ सय मत गणनाः बालेनले बढाए अग्रता, कसको कति ?

सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

शनिवार राति ९ बजेसम्म १८ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ सय ३३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापितले ४७४ र नेपाली कांग्रेसकी सृजना सिंहले ३ सय ५५ मत प्राप्त गरेकी छिन् ।

अग्रता लिइरहेका बालेन र स्थापितको मतान्तर १ सय ३९ छ । 

अत्यन्त सुस्त गतिमा गणना भइरहेकोले नतिजा आउन समय लाग्ने देखिएको छ । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६०२ मतसहित अग्रता कायम गरिरहेकी छिन् ।  

काठमाडौंमा राप्रपाका मदनदाश श्रेष्ठले ६८ र साझा विवेकशीलकी समीक्षा बास्कोटाले १३ मत प्राप्त गरेकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्