३१ जेठ २०८३, आइतबार

रुपन्देहीको ओमसतिया –१ मा राप्रपाको प्यानल नै विजयी

बैशाख ३१, २०७९
रुपन्देहीको ओमसतिया –१ मा राप्रपाको प्यानल नै विजयी

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बराल सहितको  प्यानल विजयी भएको छ।

बरालले १ हजार ७३८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्। 

त्यसैगरी सदस्यहरूमा पनि राप्रपाका उम्मेदवार विजयी भएका छन्। 

महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याएर विजयी भएका छन्। 

बराल यसअघि पनि राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्