
मोरङको बेलबारी नगरपालिकामा एमालेका मेयर दिल प्रसाद राईले अग्रता कायम नै राखेका छन् ।
उनले १ हजार १ सय १० मत ल्याएका छन भने कांग्रेसका महेन्द्र सुवेदीले ९८५ मत ल्याएका छन उपमेयरमा पनि एमालेकै तिला गौतमले १ हजार २८ मत ल्याएकी छिन् भने कांग्रेस उपमेयर नितु थापाले ८८८ ल्याएकी छिन्।