२१ असार २०८३, आइतबार

हेटौंडा उपमहानगर-१ मा कांग्रेस विजयी

हेटौंडा उपमहानगर-१ मा कांग्रेस विजयी

हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा सविन न्यौपाने विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई पराजित गरेका हुन् । न्यौपाने १३१ मतान्तरले विजयी भएका हुन् ।

न्यौपानेले १४४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उत्तमप्रसाद पौडेलले १३११ मत ल्याएका छन् । हेटौंडा-१ मा ३२९३ मत खसेको थियो ।

यसअघि पनि हेटौंडा-१ मा न्यौपाने नै निर्वाचित भएका थिए । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

हेटौंडा-२, १८ र १९ नम्बर वडाको मत परिणाम छिटै आउँदैछ । यद्यपि आधिकारिक घोषणा भने भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्