२६ असार २०८३, शुक्रबार

हल्दिबारी गाउँपालिका अध्यक्षमा राजेन्द्र लिङदेनका भाइ रविन्द्रप्रसाद जित नजिक

हल्दिबारी गाउँपालिका अध्यक्षमा राजेन्द्र लिङदेनका भाइ रविन्द्रप्रसाद जित नजिक

झापा हल्दिबारी गाउँपालिका अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनका भाइ रविन्द्रप्रसाद लिङदेन जित नजिक पुगेका छन् ।

राप्रपाका लिङदेन नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर गिरीभन्दा करिब दोब्बर मतले अगाडि छन् । गिरीले १२५४ मत पाउँदा रविन्द्रले २१८२ मत पाएका छन् ।

यो गाउँपालिकामा अब एउटा वडाको मात्रै मत गणना गर्न बाँकी रहेको छ । उक्त मत गणना पनि अन्तिम चरणमा पुगेको लिङदेनले फराकिलो मतअन्तर बनाएर अगाडि बढेको हल्दिबारी गाउँपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद भट्टराइले बताए ।

salt training

कमेन्ट गर्नुहोस्