
विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
१९ हजार ७८० मत गणना हुँदा कोइरालाले ६ हजार ६०० मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ४ हजार ८९१ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८८ मत ल्याएका छन् ।
महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्कीले अग्रता कायम राखेकी छन् ।
उनले ५ हजार ५७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी जसपाका अरमेन्द्र यादवले ३ हजार ७८९ मत पाएका छन् ।