१० असार २०८३, बुधबार
स्थानीय चुनाव

गठबन्धन र ठूला दललाई पछि पार्दै काठमाडौंको एक नगरमा राप्रपाको अग्रता

गठबन्धन र ठूला दललाई पछि पार्दै काठमाडौंको एक नगरमा राप्रपाको अग्रता

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा देखिएको छ । कुनै बेला नेकपा एमाले, कुनै बेला नेकपा एसले लिड गरिरहेको शंखरापुरमा अहिले राप्रपाले अग्रता लिएको छ । 

मंगलवार बिहानसम्मको अपडेटमा राप्रपाका रमेश नापित ३ हजार ३१८ मतसहित अगाडि छन् । उनलाई नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठले पछ्याइरहेका छन् । 

श्रेष्ठ ३ हजार २५० भोटसहित दोस्रो स्थानमा रहँदा नेकपा एमालेका कृष्णलाल बजगाइँ २ हजार ८७३ मतसहित तेस्रो स्थानमा छन् । १ हजार ९९९ मतसहित माओवादीका मधु केसी तेस्रो स्थानमा छन् । 

उपमेयरमा नेपाली कांग्रेसकी शमिता श्रेष्ठ ५ हजार १७९ मतसहित अगाडि छिन् । शंखरापुरमा नेकपा एसको मेयर र कांग्रेसको उपमेयर लिएर तालमेल भएको थियो । अन्य दल एक्ला एक्लै छन् ।

शंखरापुर नेकपा एसका अध्यक्ष माधव नेपालको चुनावी क्षेत्र पनि हो । यो नगरपालिकामा बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्