
गत चुनावमा नेपाली कांग्रेसले जितेको धनुषाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह ३ हजार ३२६ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका ब्रम्हदेव यादवले २ हजार ९२३ मत र जनता समाजवादी पार्टी नेपालका कमलदेव मण्डलले १ हजार ५९५ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकी पुनमकुमारी साह २ हजार ९४९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७९० र जसपाकी विन्दुदेवी यादवले १ हजार ८०२ मत ल्याएकी छन् ।