
ललितपुरको महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन् ।
अध्यक्षमा कांग्रेसका गणेश केसीले ३४ सय ५५ मत ल्याएर जितेका छन् । उनका प्रतिस्पर्धी एमालेका कमला लामा तामाङले २६ सय ८७ मत पाएकी छिन् ।
यस अघिकाे स्थानीय तह निर्वाचनमा याे गाउँपालिकाकाे अध्यक्षामा नेकपा एमालले जितेकाे थियाे ।
यो गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका डोल्मामाया गोलेले ३१ सय ५२ मत ल्याएर विजयी भएकी छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका पुरुषोत्तम हुमागाईंले २७ सय ८७ मत पाएको छ ।