२१ असार २०८३, आइतबार

बुटवलमा २७ हजार मतगणना, खेलराज ४ हजार ४४६ मतले अगाडि

बुटवलमा २७ हजार मतगणना, खेलराज ४ हजार ४४६ मतले अगाडि

बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेले ४ हजार ४४६ मतले अग्रता लिएका छन् ।

हालसम्म २७ हजार ३४४ मत गणना हुँदा पाण्डेले १३ हजार ४१८ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम भट्टराईले ८ हजार ९७२ मत मात्र ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८ मत ल्याएकी छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले ७ हजार २७७ मत ल्याएका छन् ।

हालसम्म बुटवलका ११ वडाको मत परिणाम आइसकेको छ । जसमा २ वडा एमाले र अरु सबै कांग्रेस सहितको गठबन्धनले जितेको छ । बुटवलमा १९ वडा छन् । 

salt training

कमेन्ट गर्नुहोस्