
ललितपुरको कोटेश्वर-ग्वार्को सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलवार बेलुका साढे ९ बजे कोटेश्वरबाट ग्वार्कोतर्फ गइरहेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक ४० वर्षीय पुरूषको मृत्यु भएको हो ।
पहिचान नखुलेका उनको बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।
प्रहरीले मोटरसाइकल चालक ४२ बर्षीय देवबहादुर थापालाई नियन्त्रणमा लिएको छ ।