०२ साउन २०८३, शनिबार
स्थानीय चुनाव

कांग्रेसको गढ भत्काउँदै वालिङको मेयरमा एमालेका कृष्ण खाण विजयी

कांग्रेसको गढ भत्काउँदै वालिङको मेयरमा एमालेका कृष्ण खाण विजयी

नेपाली कांग्रेसको गढ मानिने स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका खाण विजयी भएका छन् । 

यसअघि कांग्रेसले चुनाव जितेको ठाउमा एमालेले नतिजा उल्टाएको हो । 

१३ हजार ७७६ मतसहित एमालेका कृष्ण खाण विजयी हुँदा कांग्रेसका दिलिपप्रताप खाणले ११ हजार ५९३ मत प्राप्त गरेका छन् । दुईबीचको मतान्तर २ हजार १८३ छ । 

उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी १२ हजार ८२२ मतसहित विजयी भएकी छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा वालिङमा नेपाली कांग्रेस विजयी भएको थियो ।

यो पनि पढ्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्