२३ असार २०८३, मंगलबार
स्थानीय चुनाव

भरतपुरमा ३० हजार ७४८ मत गणना हुँदा रेनु २ हजार ५८ मतान्तरले अगाडि

भरतपुरमा ३० हजार ७४८ मत गणना हुँदा रेनु २ हजार ५८ मतान्तरले अगाडि

भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहाल २ हजार ५८ मतान्तरले अगाडि छिन् ।

हालसम्म ३० हजार ७४८ मत गणना हुँदा माओवादीकी रेनुले ११ हजार २८८ मत पाएकी छिन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार २३० मत पाएका छन् ।

यो महानगरमा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो मत बढाइरहेका छन् ।

भुइँकटहर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत पाएका छन् ।

यो महानगरपालिकाको उमपेयरमा भने काग्रेसकै चित्रसेन अधिकारी अगाडि छन् । अधिकारीले १३ हजार २४५ मत पाउँदा उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ७ हजार ३७१ मत पाएकी छिन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्