३१ जेठ २०८३, आइतबार

बुढीगंगा गाउँपालिकामा कांग्रेस विजयी

बुढीगंगा गाउँपालिकामा कांग्रेस विजयी

मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका जितनारायण थापा मगर ८ हजार २९९ मत ल्याएर विजयी भएका छन् ।

गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदार ९ हजार ५० मत ल्याएर विजयी भएकी छन् ।

निकटतम प्रतिस्पर्धी अध्यक्षमा नेकपा एमालेका बलभद्र सरदार थारुले ७ हजार ८८० मत र उपाध्यक्षमा एमालेकी तुलसीकुमारी कुवरले ६ हजार २२३ मत पाएका छन् । १७ पालिका रहेको मोरङमा ८ पालिकाको गणना सकिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्