०२ असार २०८३, मंगलबार

सिंहदरबारमा हावाहुरीसँगै रुखको हाँगा लागेर राष्ट्रिय अनुसन्धान विभागका सूचकको मृत्यु

सिंहदरबारमा हावाहुरीसँगै रुखको हाँगा लागेर राष्ट्रिय अनुसन्धान विभागका सूचकको मृत्यु
प्रतिकात्मक तस्वीर

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको मृत्यु भएको छ ।

बुधवार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभाग परिसरमा हावाहुरीका कारण एक्कासि रूखको हाँगा भाँच्चिएर लाग्दा २५ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।
 
प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाल्पाको रम्भा गाउँपालिका–५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत कार्कीको मृत्यु भएको हो ।

‘रुखको हाँगा नै उहाँको टाउकोमा खस्दा गम्भीर घाइते हुनुभएको थियो,’ मैनालीले लोकान्तरसँग भने, ‘उपचारका लागि उहाँलाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा राति सवा ११ बजे उहाँको मृत्यु भयो ।’

salt training

कमेन्ट गर्नुहोस्