२७ जेठ २०८३, बुधबार

अभागी भूपबहादुर ! अघिल्लो चुनावमा मेयरमा पराजित, यसपालि उपमेयरमा

अभागी भूपबहादुर ! अघिल्लो चुनावमा मेयरमा पराजित, यसपालि उपमेयरमा

दाङको घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई पराजित गरेर नेकपा एमालेले जीत निकाल्यो । मेयरमा एमाले केन्द्रीय सदस्य समेत रहेका नरुलाल चौधरी दोस्रो कार्यकालका लागि र हुमा डिसी उपमेयरमा निर्वाचित भए । 

गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरका कांग्रेसमा भूपबहादुर डाँगी पराजित भए । डाँगी अघिल्लो स्थानीय तह निर्वाचनमा मेयरमा चौधरीसँग पराजित भएका थिए ।

यसपटक गठबन्धनबाट उपमेयरमा उम्मेदवार रहेका डाँगी एमालेकी हुमा डिसीसँग पराजित हुन पुगे । डाँगीले अनपेक्षित परिणाम भोगेका छन् । 

अघिल्लो निर्वाचनमा ४ हजार ५४६ मतले मेयरमा पराजित भएका थिए उनी । चौधरीको मत २२ हजार ३० थियो भने डाँगीको १७ हजार ४८४ थियो ।

यसपटक उनी झिनो मतले उपमेयरमा पराजित हुन पुगे । एमालेकी डिसीसँग उनी जम्मा ४८ मतले पराजित भए । डिसीले ३० हजार ४०३ मत ल्याउँदा डाँगीले ३० हजार ३५४ मत ल्याए ।

दाङमा कांग्रेस बलियो शक्ति मानिन्थ्यो । त्यसैमा पनि ५ दलीय गठबन्धनको बलमा घोराही उपमहानगर जित्नेमा भूपबहादुर ढक्क थिए । परिणाम आउने क्रममा अन्तिममा एमालेलाई रोक्न गठबन्धन सफल भएन ।

दाङको घोराही देशकै ठूलो उपमहानगरपालिका हो । घोराही एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो । 

salt training

कमेन्ट गर्नुहोस्