२२ असार २०८३, सोमबार

प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री र कानूनमन्त्री, नागरिकता विधेयकबारे छलफल

प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री र कानूनमन्त्री, नागरिकता विधेयकबारे छलफल

गृहमन्त्री बालकृष्ण खाण र कानूनन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बिहीवार खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको थियो ।

गृहमन्त्री खाणका अनुसार भेटमा समसामयिक राजनीति, संघीय संसद्लाई सुचारु गर्ने र सरकारले संसद्मा पेश गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको छ ।

प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेश गर्ने विषय पनि भेटमा छलफल भएको छ । 

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरेका छन् । सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्